सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 96

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ। 2परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्‍यको भन। उहाँको उद्धार दिनदिनै घोषणा गर। 3उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर। 4किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ। अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ। 5किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। 6उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन्। उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन्। 7हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्‍तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्‍तुति गर। 8परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ। बलि ल्‍याओ र उहाँको मन्दिरभित्र आओ। 9पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्‍टो पर। हे सारा पृथ्वी उहाँको सामु थरथर होओ। 10जातिहरू माझमा भन, “परमप्रभुले राज्‍य गर्नुहुन्छ।” संसार पनि स्थापित भएको छ। यसलाई डगाउन सकिंदैन। उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ। 11आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस्। समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस्। 12मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन्। वनका सबै रूखहरूले आनन्दले कराऊन्, 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ। उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ। उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।