सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 88

यो अध्याय यसमा पर्छ: Boek III

1हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु। 2मेरो प्रार्थना सुन्‍नहोस्। मेरो पुकरामा ध्यान दिनुहोस्। 3किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ। 4मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन्। म कुनै बल नै नभएको मानिस हुँ। 5म मृतहरूका माझ त्यागिएको छु। म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन्। 6तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ। 7तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन्। सेला 8तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन्। तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो। म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ। 9मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन्। हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु। म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु। 10के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला 11के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र? 12के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र? 13तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ। 14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ? 15मेरो जवान अवस्थादेखि नै म सधैं कष्‍टमा परेको र मृत्युको जोखिममा रहेको छु। तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु। म निराशमा छु। 16तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन्। 17तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन्। तिनीहरू सबैले मलाई घेरेका छन्। 18तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ। मेरो चिनजानको भनेको अन्धकार मात्र हो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।