सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 61

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, मेरो पुकारा सुन्‍नुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस्। 2मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु। मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस्। 3किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ। 4मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्‍न दिनुहोस्। मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस्। सेला 5किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ। 6तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ। तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ। 7तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन्। 8तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्‍नो भाकल पुरा गर्न सकौं।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।