सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 109

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्, 2किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन्। तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन्। 3तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन्। 4मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु। 5भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन्। 6यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस्। त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस्। 7त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस्। त्यसको प्रार्थना पापपूर्ण ठानियोस्। 8त्यसका दिनहरू थोरै होऊन्। त्यसको पद अरूले लेओस्। 9त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस्। 10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून्। 11त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस्। त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून्। 12त्यसलाई कसैले दया नदेखाओस्। त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस्। 13त्यसका छोराछोरीलाई बहिष्कार गरियोस्। तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस्। 14त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस्। अनि त्यसकी आमाकी पाप नबिर्सियोस्। 15तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस्। परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन्। 16परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो। 17त्यसले सराप्‍न मन परायो। त्‍यो त्यसैमाथि आइपरोस्। त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो। त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस्। 18त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो। 19त्यसको सराप त्यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्‍यसैमा परोस्। 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस्। 21हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस्। तपाईंको करारको विश्‍वस्‍तता असल भएको हुनाले मलाई बचाउनुहोस्। 22किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ। 23साँझको छायाझैं म लोप हुँदैछु। सहललाई झैं मलाई हल्‍लाइएको छ। 24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्। म हाड-छाला मात्र भएको छु। 25मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ। तिनीहरूले मलाई देख्‍दा, तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन्। 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस्। मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस्। 27हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून्। 28तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस्। तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस्। 29मेरा वैरीहरू लाजले ढाकिऊन्। तिनीहरूले आफ्‍ना लाज लुगाझैं लगाऊन्। 30म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु। म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु। 31किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।