सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 29

यो अध्याय यसमा पर्छ: Boek I

1ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ। 2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ। पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर। 3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ। महिमाको परमेश्‍वर गर्जनुहुन्छ। परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ। 4परमप्रभुको सोर शक्तिशाली छ। परमप्रभुको सोर महिमित छ। 5परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ। परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ। 6उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ। 7परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ। 8परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ। परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ। 9परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ। उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!” 10परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ। परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ। 11परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ ‌‌दिनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।