सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 108

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमेश्‍वर, मेरो हृदय स्थिर छ। म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु। 2हे वीणा र सारङ्गी, जाग। झिसमिसेलाई म जगाउनेछु। 3हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु। जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु। 4किनकि तपाईंको करारको विश्‍वस्‍तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्‍यता आकाससम्मै पुग्छ। 5हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस्। 6ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस्। 7परमेश्‍वरले आफ्‍नो पवित्रतामा बल्नुभएको छ, “म आनन्‍दित हुनेछु। म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु। 8गिलाद मेरो हो, र मनश्‍शे मेरो हो। एफ्राइम पनि मेरो टोप हो। यहूदा मेरो राजदण्ड हो। 9मोआब मेरो पानीको बाटा हो। एदोममाथि म आफ्‍नो जुत्ता फुकाल्नेछु। पलिश्‍तको कारणले म विजयसाथ कराउनेछु। 10कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?” 11हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न। 12शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ। 13हामी परमेश्‍वरको सहायताले जित्‍नेछौं। उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।