सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 146

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्। 2मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु। म रहेसम्म परमप्रभुको प्रशंसा म गर्नेछु। 3शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन। 4जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ। त्यो दिन त्यसका योजना सिद्धिन्‍छ। 5त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ। 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो। उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ। 7थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्‍त गर्नुहुन्छ। 8परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ। परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ। परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ। 9परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ। उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ। तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ। 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।