सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 111

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर। म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु। 2परमप्रभुका कामहरू महान् छन्। तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन्। 3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ। उहाँको धार्मिकता सदासर्वदा रहन्छ। 4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ। परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ। 5विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ। उहाँले आफ्‍नो करार सधैं सम्झिनुहुनेछ। 6उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो। 7उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन्। उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन्। 8विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन्। 9उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो। उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्‍य छ। 10परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो। उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ। उहाँको प्रशंसा सदासर्वदा रहन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।