सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 77

यो अध्याय यसमा पर्छ: Boek III

1म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु। म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु, र मेरो परमश्‍वरले सुन्‍नुहुनेछ। 2मेरो कष्‍टको दिनमा मैले परमप्रभुलाई खोजें। राति मैले आफ्‍नो हात फैलाएँ र तिनीहरू थाकेनन्। मेरो प्राणले सान्त्वना पाउन इन्‍कार गर्‍यो। 3मैले सुस्‍केरा हाल्‍दा मैले परमेश्‍वरको बारेमा विचार गरें। म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें। सेला 4तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो। म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ। 5मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें। 6मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें। मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें। 7के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन? 8के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो? 9के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला 10मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो।” 11तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु। विगतका तपाईंका अचम्‍मका कामहरूका बारेमा म विचार गर्नेछु। 12तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु। 13हे परमेश्‍वर, तपाईंको मार्ग पवित्र छ। हाम्रो महान् परमेश्‍वरसित कुन परमेश्‍वरको तुलना हुन्छ र? 14तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ। तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ। 15आफ्नो महान् शक्तिले तपाईंले आफ्‍ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्‍नो विजय दिनुभयो। सेला 16हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो। पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए। गहिराइहरू थरथर कामे। 17बादलहरूले पानी तल खन्‍याए। बादल लागेको आकाशले आवाज निकाल्यो। तपाईंका काँडहरू यताउता उडे। 18तपाईंको गर्जनको सोर हावामा सुनियो। बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो। पृथ्वी थरथर काम्यो र हल्लियो। 19तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन्। 20तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।