सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 120

यो अध्याय यसमा पर्छ: Boek V

1मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो। 2हे परमप्रभु, आफ्‍ना ओठहरूले झुटा बोल्नेहरू र आफ्‍ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस्। 3ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ? 4झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ। 5मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु। पहिले केदारका पालहरूका माझमा म बस्थें। 6किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु। 7म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।