सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 25

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु। 2हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु। मलाई अपमानित हुन नदिनुहोस्। मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस्। 3तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस्। विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्! 4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस्। तपाईंका मार्गहरू मलाई सिकाउनुहोस्। 5मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस्। किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ। म दिनभरि तपाईंमा नै आसा गर्छु। 6हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस्। किनकि तिनीहरू सँधै अस्तित्वमा थिए। 7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस्। हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस्। 8परमप्रभु असल र सोझो हुनुहुन्छ। यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ। 9उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। 10परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्‍वस्‍तता हुन्। 11हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ। 12परमप्रभुको भय मान्‍ने मानिस को हो? त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ। 13त्यसको जीवन भलाइमा बित्‍नेछ। त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन्। 14परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ। 15मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ। 16मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस्। किनकि म एक्‍लो र कष्‍टमा परेको छु। 17मेरो हृदयका कष्‍टहरू ठुला भएका छन्। मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस्। 18मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस्। मेरा सबै पाप क्षमा गर्नुहोस्। 19मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन्। तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन्। 20मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्। मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु। 21निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु। 22हे परमेश्‍वर, इस्राएललाई त्यसको सबै कष्‍टबाट बचाउनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।