सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 54

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस्। 2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्। मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस्। 3किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन्। तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन्। सेला 4हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ। मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ। 5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ। आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्! 6म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु। हे परमप्रभु, म तपाईंको नाउँला‌ई धन्यवाद दिनेछु, किनकि यो असल छ। 7किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचानुभएको छ। मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्‍टिले हरेको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।