सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 99

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुले राज्‍य गर्नुहुन्छ। जातिहरू थरथर होऊन्। उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ। पृथ्वी थरथराओस्। 2परमप्रभु सियोनमा महान् हुनुहुन्छ। उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ। 3तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून्। उहाँ पवित्र हुनुहुन्छ। 4राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ। तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ। तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ। 5परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर। उहाँ पवित्र हुनुहुन्छ। 6मोशा र हारून उहाँका पुजारीमध्‍येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए। तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। 7उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो। उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे। 8हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो। तपाईं तिनीहरूको निम्ति क्षमा दिनुहुने परमेश्‍वर हुनुहुन्थ्यो, तर जसले तिनीहरूका पापपूर्ण कामहरूलाई दण्ड दिनुभयो। 9परमप्रभु हाम्रा परमेश्‍वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।