सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 60

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ। तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ। तपाईं रिसाउनुभएको छ। हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस्। 2तपाईंले देशलाई कम्पित पार्नुभएको छ। तपाईंले यसलाई टुक्रा पार्नुभएको छ। यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ। 3तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ। तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ। 4धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ। सेला 5ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस्। 6परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु। म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु। 7गिलाद मेरो हो, मनश्‍शे मेरो हो। एफ्राइम मेरो टोप हो। यहूदा मेरो राजदण्ड हो। 8मोआब मेरो बाटा हो। एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु। पलिश्तीको कारणले म विजयमा कराउनेछु।” 9कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ? 10तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न। 11शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ। 12परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं। उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।