सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 104

यो अध्याय यसमा पर्छ: Boek IV

1मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ। तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ। 2तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ। तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ। 3तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ। तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ। तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ। 4उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ। 5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन। 6तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो। पानीले पहाडहरू ढाके। 7तपाईंको हप्कीले पानीहरू पछि हटेर गए। तपाईंको गर्जनको सोरमा तिनीहरू भागे। 8तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए। 9तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन्। तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन्। 10उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो। पहाडहरूका बिचबाट खोलाहरू बग्छन्। 11तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन्। जङ्गली गधाहरूले आफ्‍नो तिर्खा मेटाउँछन्। 12नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन्। तिनीहरूले हाँगाहरूमा गाउँछन्। 13आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ। पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ। 14उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस्। 15मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ। 16परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन्। लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो। 17चराहरूले त्‍यहाँ गुँड बनाउँछन्। सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ। 18घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन्। पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन्। 19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो। सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ। 20तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन्। 21जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन्। 22जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्‍ना खोरहरूमा सुत्छन्। 23यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन्। 24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो। पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ। 25त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ। 26पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो। 27यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन्। 28तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन्। 29तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन्। तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन्। 30तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ। 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस्। परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस्। 32उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ। उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ। 33आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु। म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु। 34मेरो विचारहरू उहाँलाई मन पर्दो होस्। म परमप्रभुमा आनन्‍दित हुनेछु। 35पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून्। आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु। परमप्रभुको स्तुति होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।