सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 142

यो अध्याय यसमा पर्छ: Boek V

1आफ्‍नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु। आफ्‍नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु। 2उहाँको सामु म आफ्‍नो विलाप खन्याउँछु। उहाँलाई म आफ्‍ना कष्‍टहरू भन्‍छु। 3मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ। म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन्। 4म आफ्‍नो दायाँतिर हेर्छु र त्‍यहाँ एक जना पनि देख्‍दिनँ जसले मेरो वास्ता गर्छ। म बाँच्‍ने ठाउँ कहीं छैन। मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन। 5हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें। मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ। 6मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ। मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन्। 7मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ। धर्मीहरू मेरो चारैतिर भेला हुन्छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।