सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 68

यो अध्याय यसमा पर्छ: Boek II

1परमेश्‍वर उठ्नुभएको होस्। उहाँका शत्रुहरू तितरबितर होऊन्। उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून्। 2जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस्। जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन्। 3तर धर्मीहरू खुसी होऊन्। तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन्। तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन्। 4परमेश्‍वरको स्तुति गाओ। उहाँको नाउँको स्तुति गाओ। यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ। उहाँको नाउँ परमप्रभु हो। उहाँको सामु आनन्‍दित होओ। 5अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ। 6एक्‍लो व्‍यक्‍तिलाई परमेश्‍वरले परिवार दिनुहुन्छ। उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ। तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन्। 7हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला 8तब पृथ्वी काम्यो। परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्यायो। 9हे परमेश्‍वर, तपाईंले प्रशस्‍त झरी पठाउनुभयो। तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो। 10तपाईंका मानिसहरू यसमा बसोवास गरे। हे परमेश्‍वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो। 11परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए। 12फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लुटको माल बाँड्छन् 13चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका। तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्‍यौ? 14सर्वशक्तिमान्‌ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो। 15बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो। बाशानको पहाडी देश एउटा अग्लो पहाड हो। 16हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ। 17परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन्। परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ। 18तपाईं उच्‍चमा उक्लनुभएको छ। तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ। मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस्। 19परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ। परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्छ। सेला 20हाम्रो परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्छ। हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्‍वर नै हुनुहुन्छ। 21तर परमेश्‍वरले आफ्‍नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्‍नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ। 22परमप्रभुले भन्‍नुभयो, “म आफ्‍ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु। तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु। 23ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन्।” 24हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन्। 25पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए। 26सभाहरूमा परमेश्‍वरको प्रशंसा गर। तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर। 27त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन्। 28हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ। हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ। 29यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन्। 30नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस्। तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस्। युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस्। 31मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन्। कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ। 32हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको निम्‍ति गाओ। सेला पमरप्रभुको स्तुति गाओ। 33आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ। हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ। 34परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ। इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ। 35हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ। इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।