सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 101

यो अध्याय यसमा पर्छ: Boek IV

1करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु। हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु। 2इमानदरीताको बाटोमा म हिंड्नेछु। तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु। 3आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन। व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु। त्‍यो मसित टाँसिनेछैन। 4भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन्। खराबीप्रति बफादार छैन। 5आफ्नो छिमेकी गुप्‍त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु। घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍तिलाई म सहनेछैन। 6मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु। इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन्। 7छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन्। झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन। 8हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु। दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।