सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 128

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको आदर गर्ने हरेक व्‍यक्‍ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ। 2तिम्रो हातले जे दिन्‍छ, त्‍यसमा तिमी आनन्‍दित हुनेछौ। तिमी आशिषित् र सम्‍वृद्ध हुनेछौ। 3तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन्। तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन्। 4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्‍चै आशिषित् हुनेछ। 5परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन्। आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ। 6आफ्ना छोराछोरीका छोराछोरी हेर्नलाई तिमी बाँच्नेछौ। इस्राएलमा शान्ति होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।