सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 93

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुले राज्‍य गर्नुहुन्‍छ। ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ। परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ। संसार दृढ रूपमा स्‍थापित छ। यो हल्‍लाउन सकिन्‍न। 2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ। तपाईं अनादिदेखि नै हुनुहुन्छ। 3हे परमप्रभु महासागरहरू उठ्छन्। तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन्। महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन्। 4तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ। 5तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन्। हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।