सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 47

यो अध्याय यसमा पर्छ: Boek II

1ए सबै मानिसहरू हो, आफ्‍ना ताली बजाओ। विजयको सोरले परमेश्‍वरको निम्‍ति कराओ। 2किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ। सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ। 3उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ। 4उहाँले हाम्रा निम्‍ति हाम्रो उत्तराधिकार रोज्‍नुहुन्‍छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्‍छ। सेला 5परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ 6परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ। हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ। 7किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ। समझले प्रशंसा गाओ। 8परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ। परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। 9मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो। उहाँ अति उच्‍च हुनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।