सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 21

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन्। तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्! 2तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन। 3किनकि तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ। 4तिनले तपाईंलाई जीवन मागे। तपाईंले त्‍यो तिनलाई दिनुभयो। तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो। 5तपाईंको विजयको कारणले तिनको गौरव महान् छ। तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ। 6किनकि तपाईंले तिनलाई सदाको आशिष्‌‌‌ दिनुहुन्छ। आफ्‍नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ। 7राजाले परमप्रभुमा भरोसा गर्छन्। सर्वोच्‍चको करारको विश्‍वस्‍तताले तिनी डग्‍नेछैनन्। 8तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन्। तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ। 9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ। परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ। 10तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ। 11किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे। तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन्। 12किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ। तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ। 13हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस्। तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।