सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 105

यो अध्याय यसमा पर्छ: Boek IV

1परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँमा पुकारा गर। उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर। 2उहाँको निम्ति गाओ। उहाँको स्‍तुति गाओ। उहाँका सबै अचम्मका कामहरूका बारेमा भन। 3उहाँको पवित्र नाउँमा गर्व गर। परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस्। 4परमप्रभु र उहाँको शक्तिको खोजि गर। उहाँको उपस्थितिको निरन्‍तर खोजी गर। 5उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर, 6ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो। 7उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ। उहाँका आदेशहरू सारा पृथ्वीभरि छन्। 8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ। 9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ। 10यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो। 11उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु।” 12तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो। 13तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए। 14उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो। 15उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर।” 16उहाँ देशमा अनिकाल ल्याउनुभयो। उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो। 17उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो। योसेफलाई कमाराको रूपमा बेचिएका थिए। 18तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए। तिनको घाँटीमा फालमको जन्जीर लगाइयो, 19तिनले जे भनेका थिए सो हुन नआएसम्म। परमप्रभुको वचनले तिनको जाँच गर्‍यो। 20तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए। मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे। 21उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए, 22तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन। 23त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे। 24परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो। 25उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो। 26आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो। 27तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे। 28उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन्। 29उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो। 30तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए। 31उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए। 32तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो। 33उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो। उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो। 34उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए। 35सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए। तिनीहरूले जमिनका सबै फसलहरू खाए। 36तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो। 37उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो। उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन। 38तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए। 39उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो। 40इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो। 41उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो। उजाडस्थानमा ती नदीझैं बगे। 42किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो। 43आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो। 44उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो। तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए, 45ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून्। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।