सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 143

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्। मेरो बिन्ती सुन्‍नुहोस्। तपाईंको विश्‍वस्‍तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस्। 2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन। 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ। त्‍यसले मलाई जमिनमा कुल्चेको छ। त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ। 4मभित्र मेरो आत्मा व्याकुल भएको छ। मेरो हृदय निराश हुन्छ। 5पुराना दिनहरूलाई म सम्झिन्छु। तपाईंका सबै कामहरू म ध्‍यान गर्छु। तपाईंका उपव्धीहरूमा म चिन्‍तन गर्छु। 6म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु। सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ। सेला 7हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु। 8बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु। म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु। 9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस्। लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु। 10तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस्। 11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस्। तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस्। 12तपाईंको करारको विश्‍वस्‍ततामा मेरा शत्रुहरूलाई नष्‍ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।