सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 32

यो अध्याय यसमा पर्छ: Boek I

1त्यो व्‍यक्‍ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ। 2त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्‍न र जसको आत्मामा छल छैन। 3जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए। 4किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो। ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो। 5तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेल 6यसैले सबै धर्मीहरूले ठुलो कष्‍टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ। तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्‍नेछैन। 7तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ। तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ। तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ। 8म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु। तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु। 9घोडा वा खच्‍चरजस्तो नहो, जसको कुनै समझ हुँदैन। जहाँ तैंले इच्‍छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ। 10दुष्‍टलाई धेरै दुःखहरू हुन्छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्‍वस्‍तताले घेरा हाल्‍छ। 11ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ। सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।