सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 71

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमप्रभु, म तपाईंमा शरण लिन्छु। मलाई कदापि लाजमा नपार्नुहोस्। 2मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्‍नुहोस्। तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्। 3मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ। तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ। 4हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस्। 5किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ। मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु। 6म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ। मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ। मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ। 7धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु। तपाईं मेरो बलियो शरण हुनुहुन्छ। 8मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ। 9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस्। मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस्। 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन्। मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन्। 11तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ। लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन।” 12हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस्। हे मेरो परमेश्‍वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस्। 13तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन्। तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन्। 14तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु। 15मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ। 16म परमप्रभु परमेश्‍वरको शक्तिशाली कामहरूसँगै आउनेछु। म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु। 17हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ। अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु। 18वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु। 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ। हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र? 20तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ। 21तपाईंले मेरो इज्‍जत वृद्धि गर्नुहोस्। फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस्। 22हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु। हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु। 23जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ। 24मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ। किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्‍याउन खोजे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।