सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 14

यो अध्याय यसमा पर्छ: Boek I

1मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन्। असल गर्ने कोही छैन। 2बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ। 3तिनीहरू सबै बरालिएका छन्। तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन्। असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन। 4तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र? 5तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ। 6तिमीहरू गरीब व्‍यक्‍तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ। 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ। जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।