सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 37

यो अध्याय यसमा पर्छ: Boek I

1खराबी गर्नेहरूको कारण झर्को नमान। अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर। 2किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन्। 3परमप्रभुमा भरोसा राख र जे असल छ सो गर। देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर। 4परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ। 5आफ्ना मार्गहरू परमप्रभुलाई देऊ। उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ। 6उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ। 7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर। आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ। 8क्रोधित नहोऊ र निराश नहोऊ। चिन्ता नगर। यसले समस्‍यामा मात्र पार्छ। 9दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन्। 10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन्। तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ। 11तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन्। 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ। 13परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ। 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन्। 15तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन्। 16धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो। 17किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ। 18परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ। 19समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन्। जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ। 20तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन्। परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन्। तिनीहरू भष्‍म हुनेछन् र धूवाँमा हराउनेछन्। 21दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ। 22परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन्। उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन्। 23परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ। 24त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ। 25म जवान थिएँ र अहिले वृद्ध भएको छु। धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन। 26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन्। 27खराबीबाट फर्क र जे असल छ सो गर। तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ। 28किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्‍वासयोग्य अनुयायीहरूलाई त्याग्‍नुहुन्‍न। तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्‍टका सन्तानहरू बहिष्कृत हुनेछन्। 29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन्। 30धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ। 31आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ। त्यसका खुट्टाहरू चिप्लँदैनन्। 32दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ। 33परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न। 34परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ। दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ। 35दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु। 36तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन। मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन। 37इमान्‍दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ। मिलापको मानिसको निम्ति असल भविष्य छ। 38पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन्। दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ। 39धर्मीको उद्धार परमप्रभुबाट आउँछ। कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ। 40परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ। उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।