सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 56

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन्। मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन्। 2मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन्। किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन्। 3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु। 4परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु। म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र? 5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन्। तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन्। 6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन्। 7अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस्। हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस्। 8मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस्। के ती तपाईंका पुस्तकमा छैनन् र? 9तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन्। परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु। 10परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु, 11परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन। कसले मलाई के गर्न सक्छ र? 12हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ। तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु। 13किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ। तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।