सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 36

यो अध्याय यसमा पर्छ: Boek I

1खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्‍यसका आँखामा परमेश्‍वरको भय नै हुँदैन। 2किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ। 3त्यसका शब्दहरू पापी र छली छन्। त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन। 4त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ। त्यो दुष्‍ट मार्गतिर लाग्छ। त्यसले खराबीलाई इन्कार गर्दैन। 5हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ। तपाईंको निष्‍ठा बादलसम्म पुग्छ। 6तपाईंको धार्मिकता परमेश्‍वरको पर्वतजस्‍तो छ। तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन्। हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ। 7हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ। 8तपाईंको मन्‍दिरको प्रशस्‍ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ। 9किनकि तपाईंसँग जीवनको मूल छ। तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं। 10तपाईंलाई चिन्‍नेहरूलाई तपाईंको करारको विश्‍वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस्। 11अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस्। दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस्। 12त्यहाँ खराबी गर्नेहरू ढलेका छन्। तिनीहरूलाई पछारिएको छ र उठ्न सक्‍दैनन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।