सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 45

यो अध्याय यसमा पर्छ: Boek II

1असल विषयले मेरो हृदय भरिएर पोखिन्छ। राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्‍नेछु। मेरो जीब्रो तयार लेखको कलम हो। 2मानवजातिका सन्तानभन्दा तपाईं सुन्‍दर हुनुहुन्छ। तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ। यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ भनी हामी जान्दछौं। 3हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस्। 4विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस्। तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन्। 5तपाईंका काँडहरू तीखा छन्। मानिसहरू तपाईंको मुनि ढल्‍छन्। तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन्। 6हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो। न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो। 7तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ। यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ। 8तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ। हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ। 9राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन्। तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन्। 10हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप। आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स। 11यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन्। उहाँ तिम्रो मालिक हुनुहुन्छ। उहाँलाई आदर गर। 12टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन्। मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन्। 13दरवारका छोरी सह्रै महिमित छिन्। तिनको पहिरन सुनले बनाइएको छ। 14बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ। तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन्। 15तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइनेछन्। तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन्। 16तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ। 17म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु। यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।