सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 74

यो अध्याय यसमा पर्छ: Boek III

1हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ? 2आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस्। 3आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्‍पूर्ण भग्‍नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस्। 4तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन्। तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन्। 5बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे। 6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन्। तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए। 7तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए। तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे। 8तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए। 9हामी अब कुनै चिन्हहरू देख्दैनौं। अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन। 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्? 11आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस्। 12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ। 13तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो। तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो। 14तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो। तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो। 15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो। तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो। 16दिन तपाईंको हो र रात पनि तपाईंकै हो। तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो। 17तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ। तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ। 18हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस्। अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन्। 19तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस्। थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस्। 20आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन्। 21थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस्। गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून्। 22हे परमेश्‍वर, उठ्नुहोस्। तपाईंको आफ्नो इज्‍जतको रक्षा गर्नुहोस्। मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस्। 23तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।