सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 75

यो अध्याय यसमा पर्छ: Boek III

1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं। हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ। मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन्। 2तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु। 3पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु। सेला 4मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार्। 5आफ्ना सिङहरूलाई माथि नउचाल्। हठपूर्ण घाँटी बनाएर नबोल्।” 6उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन। 7तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ। उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ। 8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ। निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन्। 9तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु। याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु। 10उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।