सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 141

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु। मकहाँ चाँडो आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्‍नुहोस्। 2मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस्। मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन्। 3हे परमप्रभु, मेरो मुखमा रक्षक राख्‍नुहोस्। मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस्। 4मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस्। तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस्। 5धर्मी मानिसले मलाई हिर्काओस्। त्‍यो मेरो निम्ति दया हुनेछ। त्यसले मलाई सच्याओस्। त्‍यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ। मेरो शिरले त्‍यो स्वीकार गर्न इन्कार नगरोस्। तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्‍ट कामहरूको विरुद्धमा हुन्छ। 6तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ। मेरा आफ्नै शब्‍दहरू सुखद छन् भनी तिनीहरूले सुन्‍नेछन्। 7तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन्।” 8हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन्। तपाईंमा नै म शरण लिन्छु। मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस्। 9तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस्। 10म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।