सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 65

यो अध्याय यसमा पर्छ: Boek II

1हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ। हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन्। 2तपाईंले प्रार्थना सुन्‍नुहुन्छ। सबै मानिसहरू तपाईंकहाँ आउनेछन्। 3अधर्महरूले हामीलाई जितेका छन्। हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ। 4तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सक्‍छ। तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्‍त हुनेछौं। 5हे हाम्रो उद्धारको परमेश्‍वर, अचम्‍मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ। पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ। 6किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ। तपाईं जसले बलको पेटी लगाउनुभएको छ। 7समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ। 8पृथ्वीका पल्‍लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन्। तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्छ। 9तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ। तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ। तपाईंले त्‍यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ। परमेश्‍वरका नदीमा पानी भरिएको छ। तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ। 10तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ। तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ। झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ। तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ। 11तपाईंले वर्षलाई आफ्‍नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्‍तताले भरिएर पोखिन्छन्। 12उजाडस्‍थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन्। 13खर्कहरू बगालहरूले ढाकिन्छन्। बेसीहरू अन्‍नले ढाकिन्छन्। तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।