सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 81

यो अध्याय यसमा पर्छ: Boek III

1हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ। याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर। 2गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ। 3औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक। 4किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो। 5जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः 6“मैले त्यसको काँधबाट बोझ हटाएँ। टोकरीहरू समात्‍ने त्यसका हातहरू मुक्‍त भए। 7तिमीहरूको संकष्‍टमा तिमीहरूले पुकारा गर्‍यौ र मैले तिमीहरूलाई सहायता गरें। गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ। मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें। सेला 8हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु। हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए! 9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन। तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन। 10म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो। तिमीहरूको मुख चौडा खोल र त्‍यो म भर्नेछु। 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन्। इस्राएलले मेरा आज्ञा पालन गरेनन्। 12त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून्। 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए। मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए। 14तब म तुरुन्‍तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्‍नो हात फर्काउँथे। 15परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्‍क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन्। 16इस्राएललाई म उत्तम गहुँ खुवाउँथें। तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्‍त पार्थें।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।