सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 73

यो अध्याय यसमा पर्छ: Boek III

1निश्‍चय नै परमेश्‍वर इस्राएलको निम्‍ति, शुद्ध हृदय हुनेहरूका निम्‍ति भला हुनुहुन्छ। 2तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले। मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्‍ले। 3किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें। 4किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्‍छन्। 5अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन्। अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन। 6तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन्। वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ। 7यस्ता अन्धोपनबाट नै पाप आउँछ। तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्छन्। 8तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन्। आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन्। 9आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्‍छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन्। 10यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्‍त पानी बगाइन्छ। 11तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?” 12हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन्। तिनीहरू निश्‍चिन्त छन् र झन्-झन् धनी हुँदैछन्। 13निश्‍चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु। 14किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु। 15“म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ। 16मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो। 17तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्‍थालाई बुझें। 18निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ। तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ। 19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए। 20कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्‍छन्। हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न। 21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ। 22म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो। तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ। 23तापनि म सधैं तपाईंसँगै छु। तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ। 24तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ। 25स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन। 26मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ। 27तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन्। तपाईंप्रति विश्‍वासयोग्‍य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ। 28तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो। परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु। तपाईंका सबै कामहरू म घोषणा गर्नेछु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।