सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 38

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस्। तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस्। 2किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ। 3तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ। मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन्। 4किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन्। ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन्। 5मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन्। 6म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु। म दिनभरि विलाप गरिरहन्‍छु। 7किनकि जलनले मलाई भरेको छ। मेरो शरीर स्वस्थ्य छैन। 8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु। मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु। 9हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन्। 10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन्। 11मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन्। मेरा छिमेकीहरू टाढै खडा हुन्छन्। 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन्। मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन्। 13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन। म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन। 14म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन। 15हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु। हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ। 16म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून्। मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन्। 17किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु। 18म आफ्‍नो दोष स्वीकार गर्छु। मेरा पापको बारेमा म चिन्तित छु। 19तर मेरा शत्रुहरू असंख्या छन्। मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन्। 20तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन्। जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन्। 21हे परमप्रभु, मलाई नत्याग्‍नुहोस्। हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्। 22हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।