सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 41

यो अध्याय यसमा पर्छ: Boek I

1कमजोरहरूलाई वास्‍ता गर्ने मानिस धन्यको हो। कष्‍टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ। 2परमप्रभुले त्यसलाई सुरक्षित राख्‍नुहुनेछ र त्यसलाई जीवित राख्‍नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ। परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन। 3कष्‍टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ। तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ। 4मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस्। मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” 5मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्‍ट होला?” 6मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ। त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ। त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ। 7मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन्। मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्‍याउने आसा गर्छन्। 8तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्‍त पारेको छ। त्यो ओछ्यान थला परेको छ। त्यो फेरि उठ्नेछैन।” 9वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ। 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ। 11तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी यसैद्वारा म जान्‍नेछु, किनकि मेरो शत्रुले मलाई जित्‍दैन। 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ। 13अनन्‍तदेखि अनन्‍तसम्‍म नै परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्। आमेन र आमेन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।