सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 92

यो अध्याय यसमा पर्छ: Boek IV

1हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु, 3दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै। 4किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ। तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु। 5हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन्। 6एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः 7जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन्। 8तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ। 9वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस्। वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस्। तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन्। 10तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ। मलाई ताजा तेलले अभिषेक गरिएको छ। 11मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन्। मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन्। 12धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन्। तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन्। 13तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन्। तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन्। 14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन्। ती ताजा र हरिया नै रहन्छन्, 15त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ। उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।