सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 33

यो अध्याय यसमा पर्छ: Boek I

1ए धर्मीहरू हो, परमप्रभुमा आनन्‍दित होओ। सोझाहरूले प्रशंसा गर्न सुहाउँछ। 2वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ। दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर। 3उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणता साथ बजाओ र आनन्दले गाओ। 4किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ। 5उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ। पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ। 6परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए। 7उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ। उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ। 8सारा पृथ्वीले परमप्रभुको भय मानोस्। संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन्। 9किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो। उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो। 10परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ। उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ। 11परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ। 12त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ। 13परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ। उहाँले सबै मानिसलाई देख्‍नुहुन्छ। 14आफू बस्‍नुहुने ठाउँबाट तल पृथ्वीमा बस्‍ने सबैलाई उहाँले हे्र्नुहुन्छ। 15तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ। 16ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्‍न सक्‍दैन। आफ्‍नो महाबलले कुनै पनि योद्धा बाँच्‍न सक्‍दैन। 17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो। त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन। 18हेर, परमप्रभुको आँखा उहाँको भय मान्‍नेहरूमाथि र उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्नेहरूमाथि रहन्‍छ। 19तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍नलाई। 20हामी परमप्रभुको आसा गर्छौं। उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। 21हाम्रा हृदयहरू उहाँमा आनन्‍दित हुन्‍छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं। 22हे परमप्रभु, हामीले आफ्‍नो आसा तपाईंमा राख्‍दा, तपाईंको करारको विश्‍वस्‍तता हामीसँग रहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।