सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 18

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु। 2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ। उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ। उहाँमा नै म शरण लिन्‍छु। उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ। 3म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु। 4मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए। 5चिहानका डोरीहरूले मलाई बाँधे। मृत्युको पासोले मलाई समात्‍यो। 6मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें। मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें। उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो। सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो। यो उहाँको कानहरूभित्र गयो। 7तब पृथ्वी हल्लियो र काम्‍यो। पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो। 8उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो। यसले कोइलाहरू बाल्‍यो। 9उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो। 10उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो। हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो। 11अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो। 12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे। 13परमप्रभु स्वर्गबाट गर्जनुभयो। सर्वोच्‍चको आवाजले कराउनुयो। 14उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो। धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे। 15तब पानीका धारहरू देखा परे। हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए। 16उहाँले माथिबाट हात पसार्नुभयो। उहाँले मलाई समात्‍नुभयो। उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो। 17मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए। 18मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो। 19उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो। उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो। 20मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ। उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए। 21किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन। 22किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन्। उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन। 23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु। 24यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए। 25कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ। निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ। 26कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ। तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ। 27किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ। 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ। परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ। 29किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु। मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु। 30परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ। परमप्रभुको वचन शुद्ध छ। उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ। 31किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र? 32कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ। 33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ। 34युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन्। 35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ। तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ। 36तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन्। 37मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें। तिनीहरू नाश नभएसम्म म फर्किनँ। 38मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन्। तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन्। 39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो। मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो। 40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो। मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें। 41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन। तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। 42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें। गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें। 43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो। तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ। मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन्। 44तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे। विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए। 45विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए। 46परमप्रभु जीवित हुनुहुन्छ। मेरो चट्टानको प्रशंसा होस्। मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस्। 47मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ। 48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु। वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो। हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो। 49यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु। तपाईंको नाउँमा प्रशंसा म गाउनेछु। 50परमेश्‍वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्‍वस्‍तता आफ्नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।