सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 147

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो। यो सुखद हुन्‍छ र प्रशंसा उचित छ। 2परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ। उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ। 3तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ। 4उहाँले ताराहरू गन्‍नुहुन्छ। उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ। 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ। उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन। 6परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ। उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ। 7धन्यवादसाथ परमप्रभुको प्रशंसा गर। वीणा बजाएर हाम्रो परमेश्‍वरको प्रशंसा गर। 8उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ। पहडाहरूमाथि घाँस उमार्नुहुन्छ। 9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ। 10घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न। मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्‍न। 11परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन्। 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर्। हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर्। 13किनकि उहाँले तेरा ढोकाहरूका डण्‍डाहरू बलियो बनाउनुहुन्छ। उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष्‌ ‌‌दिनुहुन्छ। 14उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ। उत्तम गहुँले उहाँले तँलाई तृप्‍त पार्नुहुन्छ। 15उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ। उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ। 16उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ। उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ। 17उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ। उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र? 18उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन्। उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ। 19उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो। 20उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन्। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।