सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 102

यो अध्याय यसमा पर्छ: Boek IV

1हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस्। तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस्। 2मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस्। मेरो पुकारा सुन्‍नुहोस्। मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस्। 3किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन्। 4मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु। म कुनै पनि खानेकुरा खान बिर्सिन्छु। 5मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु। 6म उजाडस्‍थानको धनेसझैं भएको छु। भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु। 7एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु। 8मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन्। मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्। 9खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु। 10तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ। 11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु। 12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ। 13तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ। यो त्यसमाथि दया गर्ने समय हो। तोकिएको समय आएको छ। 14किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ। 15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन्। 16परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ। 17त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ। उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन। 18यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। 19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ। परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ, 20कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन। 21तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्, 22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन्। 23उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ। उहाँले मेरो आयुलाई घटाउनुभएको छ। 24मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस्। तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ। 25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो। आकाश तपाईंकै हातका काम हुन्। 26तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ। तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन्। तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन्। 27तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन। 28तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।