सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 115

यो अध्याय यसमा पर्छ: Boek V

1हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस्। 2जातिहरूले किन यसो भन्‍ने, “तिनीहरूका परमेश्‍वर कहाँ छ?” 3हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ। उहाँले जे इच्‍छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ। 4जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन्। 5ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन्। तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्‍दैनन्। 6तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन्। तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन्। 7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन्। तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन्। न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन्। 8तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ। 9ए इस्राएल परमप्रभुमा भरोसा गर्। उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ। 10ए हारूनका घराना, परमप्रभुमा भरोसा गर्। उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ। 11तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर। उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ। 12परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ। उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ। उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ। 13उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष्‌ ‌‌दिनुहुनेछ। 14परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्‍ख्या धेरै वृद्धि गरून्। 15परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो। 16स्वर्ग परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ। 17मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्‍तमा जाने कसैले गर्नेछ। 18तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।