सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 57

यो अध्याय यसमा पर्छ: Boek II

1हे परमेश्‍वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्‍टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु। यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्‍छु। 2सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्नेछु, परमेश्‍वरमा जसले मलाई सबै कुरा गर्नहुन्छ। 3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ। मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ। सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ। 4मेरो जीवन सिंहहरूका माझमा छ। मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु। म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन्। 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस्। तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस्। 6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन्। म संकष्‍टमा थिएँ। तिनीहरूले मेरै सामु खल्डो खने। त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन्। सेला 7हे परमेश्‍वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ। म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु। 8हे मेरो आदरको हृदय, जाग्। हे वीणा र सारङ्गी जाग। बिहान सबेरै म जगाउनेछु। 9हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु। जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु। 10किनकि स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम माहन् छ। र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन्। 11हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस्। तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।