सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 50

यो अध्याय यसमा पर्छ: Boek II

1सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ। 2सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ। 3हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न। उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ। 4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ। 5“मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन्।” 6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ। सेला 7“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु। म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ। 8तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन्। 9तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन। 10किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन्। 11पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन्। 12म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ। किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन्। 13के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु? 14परमेश्‍वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर। 15कष्‍टको समय मलाई पुकारा गर। म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ।” 16तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ। तैंले मेरो करार तेरो मुखमा लिएको छस्, 17किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्? 18तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस्। व्याभिचार गर्नेसँग तँ मिल्‍छस्। 19तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ। 20तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस्। आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस्। 21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु। त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस्। तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु। 22हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर। नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन। 23धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।