सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 140

यो अध्याय यसमा पर्छ: Boek V

1हे परमप्रभु, मलाई दुष्‍टहरूबाट बचाउनुहोस्। हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस्। 2तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन्। तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन्। 3सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन्। तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ। सेला 4हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस्। हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन्। 5घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन्। तिनीहरूले जाल फिंजाएका छन्। तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन्। सेला 6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस्।” 7हे परमप्रभु मेरा परमेश्‍वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ। युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्‍नुहुन्छ। 8हे परमप्रभु, दुष्‍टहरूका इच्छाहरू पुरा नगर्नुहोस्। तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन्। सेला 9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन्। आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस्। 10बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस्। कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस्। 11निन्‍दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस्। हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस्। 12कष्‍टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ। 13निश्‍चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन्। सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्‍नेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।