सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 6

यो अध्याय यसमा पर्छ: Boek I

1हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्। 2हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन्। 3मेरो प्राण पनि धेरै दुःखमा परेको छ। तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ? 4हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस्। तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस्। 5किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन। चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ? 6मेरो सुस्‍केराले म थकित छु। सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु। म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु। 7मेरा आँखाहरू शोकले धमिला हुन्छन्। मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन्। 8ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ। किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ। 9दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्‍नुभएको छ। परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ। 10मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्‍टमा पर्नेछन्। तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।