सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 2

यो अध्याय यसमा पर्छ: Boek I

1जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? 2पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, 3“तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं।” 4स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ। 5तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु।” 7परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु। उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु। 8मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु। 9तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ। कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” 10त्यसैले ए राजाहरू हो, सावधान होओ। ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ। 11भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ। 12पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ। उहाँमा शरण लिने सबै जना कति धन्य हुन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।